अस्ट्रेलियासँगकाे टी–२० शृङ्खला भारतले जित्यो, दोस्रो खेलमा ६ विकेटले विजयी

 मंसिर २१, २०७७ आइतबार १७:५९:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

 काठमाण्डाै – अस्ट्रेलियासँगको टी–२० शृङ्खला भारतले जितेको छ । सिड्नीमा आइतबार भएकाे दाेस्राे ६ विकेटले जितेसँगै तीन खेलको शृङ्खलामा भारत २–० ले अघि भएकाे हाे । 

अस्ट्रेलियाले दिएको एक सय ९५ रनको लक्ष्य भारतले दुई बल बाँकी छँदै मात्र चार विकेट गुमाएर भेट्यायाे । भारतको जितमा हार्दिक पाण्डेया नायक बने । उनले २२ बलमा अविजित ४२ रन बनाए । 

यस्तै शिखर धवनले ५२, विराट कोहलीले ४० र केएल राहुलले ३० रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले पाँच विकेट गुमाएर एक सय ९४ रन बनाएको थियो । उसका म्याथु वाडेले ५८ र स्टिभ स्मिथले ४६ रन बनाए । 

तेस्रो खेल आउँदाे मङ्गलबार हुनेछ । यी दुई देशबीच भएको एकदवसीय शृङ्खला भने अस्ट्रेलियाले जितेको  छ । 
 

अन्तिम अपडेट: साउन २९, २०७८

तपाईको प्रतिक्रिया