भैँसीकाे दूध खुवाएर हुर्काइएकाे गैँडाकाे बच्चालाई जङ्गल पठाउने तयारी

 मंसिर २२, २०७७ सोमबार १४:२४:२० | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन – चितवनको सौराहामा रहेकाे राष्ट्रिय प्राकृतिक संरक्षण कोषमा हुर्किएको गैँडाको बच्चालाई जङ्गल पठाउने तयारी गरिएको छ । 

एक वर्ष पहिले चितवन राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्रमा अलपत्र परेको त्यस गैँडाको बच्चालाई उद्धार गरी हुकाईएको हो । पुष्पा नाम गरेकी गैँडाको बच्चालाई भैँसीको दूध खुवाएर हुर्काइएको हो । अहिले घाँस खान सक्ने भएसँगै जङ्गलमा लगेर छाड्ने तयारी गरिएको छ ।

गैँडाको बच्चालाई लालबहादुर महतराले हुर्काउनुभएको हो । सानैदेखि रेखदेख गर्दै आएकाले पुष्पालाई छाडनुपर्ने दिन नजिकिँदै गर्दा महतरा भने दुःखी देखिनुहुन्छ । आफ्नो बच्चालाई जस्तै माया दिएर हुर्काएकोले जङ्गलमा छाडे पनि रेखदेख गर्न पुग्ने महतराले बताउनुभयो । 

पुष्पाले जन्मेदेखि नै जङ्गलको अनुभव गर्न पाएकी छैन । भैँसीको दूध खाएर हुर्केकी पुष्पालाई सुरुमै खुला जङ्गलमा नभइ अर्नाका लागि बनाइएको खुला खोरमा छोड्ने तयारी गरिएको छ । तत्कालै जङ्गल लगेर छाड्दा अन्य जनावरको डर हुने भएकोले पहिला निकुञ्जभित्रको अर्नाका लागि तयार पारिएको ‘इन्क्लोजर’ (तारबार गरी निश्चित क्षेत्र छुट्टाइएको ठाउँ) मा लगेर राखिने र जङ्गलकै प्रकृतिमा रमाउन सक्ने भएपछि खुला जङ्गलमा छाडिने राष्ट्रिय प्राकृतिक संरक्षण कोषका प्रमुख डा. बाबुराम लामिछानेले बताउनुभयो । 

राष्ट्रिय प्राकृतिक संरक्षण कोषले पुष्पासहित अहिलेसम्म २५ वटा टुहुरा गैँडाको बच्चा हुर्काएको छ । पुष्पालाई भेटेरिनरी डाक्टर, वन्यजन्तु प्राविधिकसहितको सहयोगमा हुर्काइएको हो ।    

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया