विराट कोहलीलाई पछि पार्दै केन विलियमसन टेस्ट वरीयताको दोस्रो स्थानमा

 मंसिर २२, २०७७ सोमबार १६:१४:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतीय कप्तान विराट कोहलीलाई पछि पार्दै न्युजिल्याण्डका केन विलियमसन आईसीसी टेस्ट वरीयताको दोस्रो स्थानमा उक्लिएका छन् ।  

वेस्ट इण्डिजविरुद्ध दोहोरो शतक प्रहार गरेका विलियमसन ८ सय ८६ अङ्कका साथ टेस्ट वरीयताको दोस्रो स्थानमा पुगेका हुन् । वेस्ट इण्डिजसँगको खेलपछि विलियमसनको ७४ अङ्क वृद्धि भएको छ । 

भारतीय कप्तान कोहलीको पनि ८ सय ८६ अङ्क नै छ तर औसत रन रेटका आधारमा उनी विलियमसनभन्दा पछि परेका छन् । 

अस्ट्रेलियाका स्टिभ स्मिथ ९ सय ११ अङ्कका साथ शीर्ष स्थानमा कायमै छन् । वरीयतामा अस्ट्रेलियाका मार्नुस लबुशेन चौथो र पाकिस्तानका बाबर आजम पाँचौँ स्थानमा छन् ।  

बलिङ वरीयतामा अस्ट्रेलियाका प्याट कमिन्स शीर्ष स्थानमा रहेका छन् । इङ्ग्ल्याण्डका बेन स्टोक्स अलराउण्डरतर्फको शीर्ष स्थानमा उक्लिएका छन् । 

अन्तिम अपडेट: कात्तिक २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया