डिजी स्कुलले निःशुल्क ब्रिज कोर्स र उत्कृष्टलाई बीआईटी छात्रवृत्ति दिने

 मंसिर २२, २०७७ सोमबार २०:२९:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – डिजी स्कुलले निःशुल्क आईटी ब्रिज कोर्स सुरु गरेको छ । ११ र १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरी यो कोर्स सञ्चालन गरिएको डिजी स्कुलका अध्यक्ष विज्ञान श्रेष्ठले बताउनुभयो ।

निःशुल्क ब्रिज कोर्स लिनका लागि विद्यार्थीहरुले डिजी स्कुलमा सम्पर्क गरी सहभागी हुन सक्नेछन् । विद्यार्थीले अनलाइनमार्फत कक्षा लिन सक्नेछन् । १० जना विद्यार्थीले डिजी स्कुलको पार्टनर कलेज सफ्ट्वेरिका कलेज र सन–वे कलेजमा ५० प्रतिशत छात्रवृत्ति पाउनेछन् । त्यस्तै बाँकी विद्यार्थीले २० देखि ३० प्रतिशतसम्म  छुट पाउनेछन् । 

विद्यार्थीले डिजी स्कुलको वेबसाइट digischoolglobal.com मा लग–इन गरी भिडियो अध्ययन गरी इमेलमार्फत चौबीसै घण्टा आफूले नबुझेका प्रश्नहरु गर्न पाउनेछन् भने हप्तामा एक दिन लाइभ कक्षाको व्यवस्था गरिएको छ । 

के हो डिजी स्कुल?

बेलायत सरकार मातहत दर्ता भइ विद्यालय र उच्च शिक्षासम्बन्धी पाठ्यक्रम निर्माण गर्ने एनसीसी एजुकेशनले तयार गरेको डिजी प्रोग्रामलाई नेपालमा ‘डिजी स्कुल’ नाम दिइएको छ । यसलाई सफ्ट्वेरिका कलेज र सन–वे कलेजको रणनीतिक साझेदारीमा यो कोर्स नेपालमा भित्र्याइएको हो ।

नेपालका स्कुले विद्यार्थीले पनि अन्तर्राष्ट्रियस्तरको कम्प्युटर शिक्षा पाउून् भन्ने उद्देश्यले डिजी स्कुल सञ्चालनमा ल्याइएको हो । आईजीसीएसई (इन्टरनेशनल जनरल सर्टिफिकेट अफ सेकेण्डरी एजुकेशन) ले समेत डिजी कार्यक्रमलाई मान्यता दिएको छ ।  

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया