विश्वकप फुटबलका लागि छनोट खेलः युरोपेली ५५ देशका खेलाडी १० समूहमा विभाजित

 मंसिर २३, २०७७ मंगलबार ६:२२:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कतारमा सन् २०२२ मा हुने फिफा विश्वकप फुटबलका लागि युरोपियन छनोटको ‘ड्र’ सार्वजनिक भएको छ ।

यूईएफएले गएराति समूह चरणको ‘ड्र’ सार्वजनिक गरेको हो । युरोपका ५५ देशलाई ‘ड्र’ गरेर १० समूहमा विभाजन गरिएको छ । सन् २०२१ को मार्चबाट सुरु हुने छनोट खेलमा समूहको शीर्ष टिमले सिधै विश्वकपमा स्थान बनाउने छन् । समूहको दोस्रो स्थानमा रहने टिमले भने नेसन्स लिगका दुई टोली सम्मिलित अर्को छनोट खेल खेल्ने छन् ।

समूह 'ए' मा पोर्चुगल, सर्बिया, आयरल्याण्ड, लक्जमबर्ग र अजरबैजान रहेका छन् । यस्तै समूह 'बी' मा स्पेन, स्वीडेन, ग्रीस, जर्जिया र कोसोभो परेका छन् । यस्तै समूह 'सी'मा इटली, स्वीटजरल्यान्ड, उत्तरी आयरल्यान्ड, बुल्गेरिया र लिथुआनीय, समूह 'डी ' मा फ्रान्स, युक्रेन, फिनल्यान्ड, बोस्निया एण्ड हर्जगोभिनार काजकास्तान, समूह 'ई' मा बेल्जियम, वेल्स, चेक गणतन्त्र, बेलारुस र एस्टोनिया रहेका छन् ।

यस्तै समूह 'एफ'मा डेनमार्क, अष्ट्रिया, स्कटल्यान्ड, इजरायल, फारो आइल्यान्ड र मोल्डोभा रहेका छन् । समूह 'जी'मा नेदरल्यान्ड, टर्की, नर्वे, मोन्टेनेग्रो, लात्भिया र जिब्रालटार, समूह एचमा क्रोएसिया, स्लोभाकिया, रुस, स्लोभेनिया, साइप्रस र माल्टा रहेका छन् भने समूह 'आ'ईमा इङ्ग्ल्यान्ड, पोल्यान्ड, हंगेरी, अल्बानिया, एन्डोरा र सान मारिनो तथा समूह 'जे'मा जर्मनी, रोमानिया, आइसल्यान्ड, उत्तरी म्यासेडोनिया, अर्मेनिया र लिक्टेन्स्टाइन रहेका छन् ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया