सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोग हुँदा उत्पादन क्षमता र र...
माघ २८, २०८१ सोमबार
काठमाण्डौ - मौसम राम्ररी नखुलेका कारण काठमाण्डौको न्यूनतम तापक्रम बढेको छ।
आज काठमाण्डौको न्यूनतम तापक्रम १० दशमलव ४ डिग्री पुगेको छ । गएको १४ गते काठमाण्डौको न्यूनतम तापक्रम ४ दशमलव ३ डिग्री सेल्सियसमा झरेको थियो । रातिको समयमा बादल लागेकाले न्यूनतम तापक्रम बढेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । न्यूनतम तापक्रम बढे पनि अधिकतम तापक्रम भने घटेको छ ।
काठमाण्डौको अधिकतम तापक्रम आज १८ देखि २० डिग्री सेल्सियस पुग्ने अनुमान छ । यसअघि अधिकतम तापक्रम २० देखि २१ डिग्री सेल्सियस हुन्थ्यो । अधिकतम तापक्रम घट्दा दिनभरिकै तापक्रम एकैनासको हुने भएकाले चिसो बढी हुने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार बादल नलागेको दिन बिहान बेलुका चिसो भए पनि दिउँसोको समयमा तातो हुन्छ । तर, बादल लागे दिनभरि पनि चिसो हुने हुँदा यसले स्वास्थ्यमा असर पर्न सक्छ।
विशेषगरी तराईका जिल्लामा बादल लागेको दिन बढी सावधानी अपनाउन पर्ने मौसमविद्को भनाइ छ । मौसम बद्ली भएको दिन घाम नलाग्ने र चिसो हावा चल्ने भएकाले कठ्याङ्ग्रिएर ज्यान जाने जोखिम धेरै हुने मौसमविद्ले बताएका छन् ।
यस्तो बेला शरीरलाई तातो बनाउन तात्तातो झोल खानेकुरा र न्यानो कपडा लगाउन विज्ञको सुझाव छ । अहिले तराईका जिल्लामा हुस्सु र कुहिरो छ । आज प्रदेश १ मा हल्का पानी पर्न सक्ने मौसमविद्को अनुमान छ । अन्य क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली हुने मौसमविद्ले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।