प्रधानमन्त्री ओलीको आह्वानमा बालुवाटारमा सर्वदलीय बैठक चल्दै

 मंसिर २३, २०७७ मंगलबार १२:४६:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा अहिले सर्वदलीय बैठक बसिरहेको छ ।

बालुवाटारमा जारी बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधि सहभागी छन् । बैठक शुरु गर्दै  प्रधानमन्त्री ओलीले कोरोना भाइरस सङ्क्रमणको जोखिम न्यूनीकरण तथा जनआन्दोलनपछि प्राप्त उपलब्धिको रक्षाका लागि एकजुट हुन आग्रह गर्नु भएको छ ।

बैठकमा अहिले राष्ट्रिय राजनीतिका समसामयिक विविध विषयमा छलफल भइरहेको बुझिएको छ । पछिल्लो समय राजतन्त्रको माग गर्दै भइरहेको विरोध प्रदर्शन र नेपाली कांग्रेससहितका दलहरुले सरकार विरोधी आन्दोलनमा जाने तयारीलगायत विभिन्न समस्याबारे प्रधानमन्त्री ओलीले छलफल थालेको उहाँको सचिवालयले जनाएको छ ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनाको रोकथाम र नियन्त्रणमा सरकार असफल भएको, भ्रष्टाचार बढेको, सरकारका गतिविधिका कारण नागरिकमा निराशा छाएको, राजतन्त्रको पक्षमा सडकमा प्रदर्शन बढेकोलगायतका विषयमा सरकारलाई ध्यानाकर्षण गराउने तयारी गरेको छ ।

 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया