भारतसँगकाे तेस्राे टी–२० क्रिकेटमा अस्ट्रेलिया १२ रनले विजयी

 मंसिर २३, २०७७ मंगलबार १८:६:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतसँगको तेस्रो तथा अन्तिम टी–२० क्रिकेटमा अस्ट्रेलिया १२ रनले विजयी भएकाे छ ।

अस्ट्रेलियाले दिएको एक सय ८७ रनको लक्ष्य पछ्याएको भारतले सात विकेट गुमाएर एक सय ७४ रन मात्रै बनाउन सक्यो । उसका लागि कप्तान विराट कोहलीले ८५, शिखर धवनले २८ र हार्दिक पाण्ड्याले २० रन बनाए । अस्ट्रेलियाका मिचेल स्विपसनले तीन विकेट लिए ।

यसअघि सिड्नीमा पहिले ब्याटिङ गरेको अस्ट्रेलियायाले पाँच विकेट गुमाएर एक सय ८६ रन बनाएको थियो । उसका म्याथु वेडले ८०, ग्लेन म्याक्सवेलले ५४ र स्टिभ स्मिथले २४ रन बनाए ।

पहिलो र दोस्रो खेल जितेको भारतले शृङ्खला यसअघि नै जितिसकेको छ ।  यी दुई देश बीच भएको एकदिवसीय शृङ्खला भने अस्ट्रेलियाले जितेको थियाे । भारत र अस्ट्रेलियाबीच डिसेम्बर १७ तारिखदेखि ४ खेलको टेस्ट शृङ्खला सुरु हुनेछ ।  

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया