खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – सडक विभागले वर्षाका कारण क्षतिग्रस्त भएका सडक मर्मतका लागि सरकारसँग एक अर्ब ५० करोड रुपैयाँ माग गरेको छ ।
वर्षाका कारण आएको बाढी र पहिरोले क्षतिग्रस्त भएका राष्ट्रिय राजमार्ग मर्मतका लागि सरकारसँग एक अर्ब ५० करोड माग गरिएको विभागले जनाएको छ । यो वर्ष गएकाे वर्षभन्दा बढी वर्षा भएका कारण सडकमा बढी क्षति पुगेको विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार अरनिको राजमार्गका विभिन्न खण्ड, बेनी जोमसोम सडक र साँफेबगर मार्तडी सडकमा बढी क्षति पुगेको छ । यी सडक पूरै बिग्रिएकाले सामान्य मर्मतले नपुग्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, 'सामान्य मर्मतले मात्रै नहुने हुँदा हामीले थप रकम माग गरेका हाैँ ।'
सडक र पुल नै बगाएको ठाउँमा मर्मतले नहुने भएकाले त्यहाँ पुनर्निर्माण नै गर्नुपर्ने उपमहानिर्देशक अधिकारीको भनाइ छ । पुल बगाएका ठाउँमा बेलिब्रिज राखेर आवतजावतलाई नियमित गरिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, 'साँफेबगर–मार्तडी सडकमा एउटा बेलिब्रिज राख्न लागिएको छ ।'
उत्तर–दक्षिण करिडोरअन्तर्गत कालीगण्डकी करिडोर निर्माणाधीन सडक हो । निर्माणाधीन सडकमा कम क्षति भए चालु ठेक्काबाट काम गराउन सकिने भए पनि धेरै क्षति पुगेकाले थप रकम आवश्यक भएको उपमहानिर्देशक अधिकारीले बताउनुभयो । अरनिको राजमार्गको बाह्रबिसेदेखि भन्सारसम्मको सडक पुनर्स्थापना गर्नुपर्ने छ ।
सडक विभागले सडक बोर्ड नेपालले छुट्ट्याएको बजेटमार्फत बर्सेनि नियमित रूपमा सडकको मर्मत गर्दै आएको छ । धेरै राजमार्गमा यस वर्ष पनि मर्मतको योजना गरिएको विभागले जनाएको छ । कतिपय सडकमा यस वर्षदेखि विश्व बैंकको आर्थिक सहयोगमा समेत मर्मत हुँदैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।