संसदीय समितिको निर्णय बेवास्ता गर्दै विश्वराज पोखरेललाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय

 मंसिर २५, २०७७ बिहीबार १९:५४:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको छ ।

बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले उज्यालोलाई जानकारी दिए । 

यसअघि मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको सङ्गठनात्मक संरचना (ओ एण्ड एम) स्वीकृत गर्दै नेपाल प्रहरीमा एक एआईजी र पाँच डीआईजीको दरबन्दी थप्ने निर्णय गरेको थियो । एआईजीको थपिएको दरबन्दीमा पोखरेलको नाम सिफारिस भएको थियो ।

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले बुधबार एआईजीको दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको थियो । समितिको निर्देशनलाई बेवास्ता गर्दै सरकारले पोखरेललाई बढुवा गर्ने निर्णय गरेको हो ।

गृहमन्त्रीलाई नै थाहै नदिइ उपप्रधानमन्त्री ईश्वर पोखरेलको दबाबमा एआईजी बढुवा गरिएको भन्दै आलोचना भइरहेको छ ।

 याे पनि पढ्नुहाेस्

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया