विश्वकप फुटबलकाे छनोट खेलकाे नयाँ तालिका सार्वजनिक, नेपालले आउँदाे मार्च २५ देखि खेल्ने

 मंसिर २६, २०७७ शुक्रबार २०:१:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विश्वकप फुटबलको छनोटको लागि नेपालले खेल्ने खेलको नयाँ तालिका सार्वजनिक भएको छ ।

एसियाली फुटबल महासङ्घले शुक्रबार सार्वजनिक गरेको नयाँ तालिकाअनुसार नेपालले आउँदो मार्च २५ तारिखमा चाइनिज ताइपेईसँग खेल्नेछ । यस्तै मार्च ३० तारिखमा अस्ट्रेलियासँग र जुन ७ तारिखमा जोर्डनसँग खेल्ने भएको छ । नेपालले सबै खेल घरेलु मैदानमै खेल्नेछ ।

समूह 'बी' मा रहेको नेपालले अहिलेसम्म खेलेका पाँच खेलमा जम्मा एक खेल मात्रै जितेर तीन अङ्कका साथ चौथो स्थानमा छ । नेपालले चाइनिज ताइपेईलाई हराए पनि जोर्डनसँगका दुई वटै खेलमा तथा अस्ट्रेलिया र कुवेतसँगका एक/एक खेलमा हारेको छ ।

गएको मार्च/अप्रिलमा हुनुपर्ने छनाेट खेल कोरोना भाइरसको महामारीको कारण आउँदो मार्चदेखि सुरु हुने भएकाे हाे । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया