विश्वकप फुटबल छनाेटकाे तयारीका लागि राष्ट्रिय फुटबल टिमकाे बन्द प्रशिक्षण सुरु

 मंसिर २८, २०७७ आइतबार १४:१:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण आज (आइतबार) देखि सुरु भएको छ । 

विश्वकप फुटबल छनोटको तयारी स्वरूप अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आइतबारदेखि प्रशिक्षण सुरु गरेको हो । एन्फाले ५८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा सहभागी गराएको छ । फुटबल टिमका कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले आउँदो चैतको १२ गते चाइनिज ताइपेईसँग, चैत १७ गते अस्ट्रेलियासँग र जेठ २४ गते जोर्डनसँग हुने प्रतिस्पर्धाको तयारी स्वरूप बन्द प्रशिक्षण सुरु गरिएको बताउनुभयो । 

पूर्वकप्तान विराज महर्जनले लामो समयपछि प्रशिक्षणमा सहभागी हुन पाउँदा खुसी लागेको बताउनुभयो । विश्व कप छनोटका लागि पर्याप्त समय रहेकाले पनि राम्रो नतिजा ल्याउने गरी प्रशिक्षण अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । 

समूह ‘बी’ मा नेपाल, अस्ट्रेलिया, कुवेत, जोर्डन, चाइनिज ताइपेई रहेका छन् । अस्ट्रेलिया १२ अङ्कसहित शीर्ष स्थानमा छ भने कुवेत र जोर्डन १० अङ्कसहित दोस्रो र तेस्रो स्थानमा छन् । त्यस्तै  नेपाल तीन अङ्कसहित चौथो स्थानमा छ ।

कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण खेलाडीहरू गएको चैत महिना यता कुनै पनि प्रशिक्षणमा सहभागी हुन पाएका थिएनन् । तर गएको शुक्रबार एएफसीले विश्वकप छनोटको बाँकी खेल तालिका सार्वजनिक गरेपछि एन्फाले राष्ट्रिय टिमको प्रशिक्षण सुरु गरेको हो । प्रशिक्षणमा सहभागी हुनुभन्दा पहिला सबै खेलाडीको पीसीआर परीक्षण गरिएको थियो । 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया