नयाँ अध्यादेश : सभामुख उपस्थित नभए पनि संवैधानिक परिषद्को बैठक बस्न सक्ने

 मंसिर ३०, २०७७ मंगलबार १५:२६:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसअनुसार नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार) सम्बन्धी (पहिला शंसोधन) अध्यादेश २०७७ जारी गर्नुभएको हो । 

अहिले प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष, सभामुख, उपसभामुख र विपक्षी दलका नेतासहित ६ जना सदस्य रहने संवैधानिक परिषद्को बैठक बस्न कम्तीमा पाँच जना सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ । तर नयाँ अध्यादेश जारी भएसँगै तीन जना मात्रै उपस्थित भए पनि बैठक बस्न सक्ने बुझिएको छ ।

प्रधानमन्त्री ओलीले विधि मिचेको भन्दै सभामुख अग्निप्रसाद सापकोटा बैठकमा नजाने अडान राखेपछि बिहानको बैठक स्थगित भएको थियो । बेलुका ५ बजे बस्ने बैठकमा सभामुख उपस्थित नभए पनि निर्णय गर्न सजिलोको लागि मन्त्रिपरिषद्ले अध्यादेश सिफारिस गरेको स्रोतले बतायो । अध्यादेश जारी भएसँगै अब प्रधानमन्त्रीसहित तत्काल बहाल रहेका बहुमत सदस्य सहभागी भएमा परिषद्को बैठकको गणपूरक सङ्ख्या पुगेको मानिनेछ । 

बेलुकी पनि सभामुख उपस्थित नहुने सङ्केत पाएसँगै प्रधानमन्त्रीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर संवैधानिक परिषदसम्बन्धी अध्यादेश सिफारिस गराउनुभएको थियो । संवैधानिक परिषदबाट निर्णय गराउन कम्तीमा पाँच जना सदस्य चाहिनेमा सभामुख उपस्थित नहुने भएपछि प्रधानमन्त्री ओली समस्यामा पर्नुभएको थियो । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया