रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष क्लबमा

 पुष १, २०७७ बुधबार ७:३५:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष क्लबमा उक्लिएको छ । गएराति भएको खेलमा रियलले एथ्लेटिको बिल्बाओलाई ३–१ गोल अन्तरले हराउँदै शीर्ष क्लबमा उक्लिएको हो ।

करिम बेन्जिमाले लगातार दुई गोल गर्दै रियललाई शीर्ष क्लबमा उकाल्न सफल भए । लुका मोड्रिचको पासलाई सदुपयोग गर्दै बेन्जिमाले रियललाई ३–१ को जित दिलाएका हुन् । जितसँगै रियलले शीर्ष क्लब रियल सोसिडाड र एथ्लेटिको मड्रिडसँग अंक बराबरी गरेको छ ।

शीर्ष स्थानमा रहेका तीनै क्लबको समान २६ अंक छ । गोल अन्तरले मात्र रियल तेस्रो स्थानमा देखिएको छ । बिल्बाओ क्लब १४ अंकसहित तालिकाको १३ औंं स्थानमा छ । रियलले पछिल्ला चार खेलमा जित निकालेको छ । रियलले तालिकामा बार्सिलोनासँग ९ अंकको अग्रता लिएको छ ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया