नेपाली खेलकुदको अभिलेखीकरण गरिने

 पुष ६, २०७७ सोमबार ९:४२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली खेलकुदको अभिलेखीकरण गरिने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)को सहयोगमा नेपाली खेलकुदको डिजिटल अभिलेखीकृत गर्न लागिएको हो । नेपाल ओलम्पिक कमिटीले नेपाली खेलकुदको क्षेत्रमा दूरगामी प्रभाव पार्ने अभिलेखीकरणको परियोजनाको थालनी भएको जनाएको छ । 

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले परियोजना ऐतिहासिक भएको बताउनुभयो । खेलकुदको इतिहासलाई जगेर्ना गर्न सङ्ग्रहालयको परियोजना सफल हुने उहाँको भनाइ थियो । पहिलो चरणको सहयोगअन्तर्गत सङ्ग्रहालयको कामअघि बढाइएको र अरू काम पनि साथसाथै अघि बढाइने श्रेष्ठले बताउनुभयो । 

नेपाल ओलम्पिक कमिटीको अनुरोधमा आईओसीले अभिलेखीकरणको परियोजना सञ्चालन गर्न सहयोग गरेको हो । यस परियोजनाका लागि एनओसीले सोलिडारिटी कार्यक्रमअन्तर्गत पहिलो चरणमा १५ हजार अमेरिकी डलर प्राप्त गरेको छ । 

खेलकुदको इतिहासमा अभिलेखीकृत गरी नयाँ पुस्तालाई हस्तान्तरण गर्न परियोजना सञ्चालन गरिएको अध्यक्ष श्रेष्ठले उल्लेख गर्नुभयो ।​ एनओसी र नेपाल ओलम्पिक सङ्ग्रहालयको सहकार्यमा नेपाली खेलकुदको डिजिटल अभिलेख प्रोजेक्ट २०२०– २०२१ सुरु भएको हो । 

यस कार्यक्रमका लागि नेपाल ओलम्पिक कमिटी र ओलम्पिक सङ्ग्रहालयबीच गएकाे मार्चमा सम्झौता भएको थियो । 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया