सिप्रदीको ग्लोबल सर्भिस क्याम्पमा ४९९० गाडी जाँच तथा मर्मत भइसके, भोलि अन्तिम दिन

 पुस ७, २०७७ मंगलबार २०:३०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालीकाे आयोजनामा ग्लोबल सर्भिस क्याम्प २०२० सञ्चालन भइरहेको छ । 

कोरोना सङ्क्रमण जोखिमका बीच यस वर्ष स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै गएको मङ्सिर २८ गतेदेखि भइरहेको कार्यक्रम भोलि (बुधबार) पुस ८ गतेसम्म चल्ने छ ।

यस वर्ष कोरोना भाइरस सङ्क्रमणको जोखिम कम गर्न भन्दै लकडाउन भएकाले ग्राहकले धेरै महिना थन्क्याएर राखेको गाडी मर्मतका लागि कार्यक्रम आयोजना गरिएको हो ।

विश्वका ४५ भन्दा बढी देश र नेपालमा ५० ठाँउमा एकैसाथ भइरहेको कार्यक्रममा सर्भिस सेन्टर परिसरभित्र भिडभाड कम गर्न र भौतिक दुरी कायम गर्न सहज होस् भनेर १० दिनका लागि कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।

यस्तै  ९८०१२२३३४४ मा मिस्ड कल (Missed Call) दिएर ग्राहकले गाडी सर्भिसिङका लागि अग्रिम बुकिङ गर्न सक्ने व्यवस्था पनि गरिएको छ ।

कार्यक्रमको नवौँ दिन मङ्गलबारसम्म चार हजार नाै सय ९० वटाभन्दा बढी टाटा कर्मर्सियल गाडीहरू ग्लोबल सर्भिस क्याम्पमा सहभागी भएको कम्पनीले जानकारी दिएको छ ।

गाडीसँग सम्बन्धित सम्पूर्ण सल्लाह, सुझाव र जानकारी दिने उद्देश्यले आयोजना गरिएको ग्लोबल सर्भिस क्याम्पमा निःशुल्क बम्पर टु बम्पर चेक–अप, निःशुल्क सर्भिसिङ, स्पेयर पार्ट्स, लुब्रिकेन्टस् र ब्याट्रीमा भारी छुटको व्यवस्था रहेको छ ।

यसैगरी चालकहरूका लागि निःशुल्क तालिम, हरेक दिन स्मार्टफोन जित्ने अवसर र प्रत्येक दिन टाटा गाडीसम्बन्धी अनलाइन परामर्श जस्ता सुविधा पनि कार्यक्रममा दिइएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया