सोमपाल, करण र कुशलले टी-10 लिग खेल्ने

 पुष ९, २०७७ बिहीबार ६:३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रिय क्रिकेट टिमका तीन जना खेलाडीले यूएईमा हुने टी–टेन लिग खेल्ने भएका छन् ।

यूएईको क्रिकेट बोर्डले मान्यता दिएको १० ओभरको फ्रेन्चाइज लिगमा राष्ट्रिय टिमका तीन खेलाडीले पहिलो पटक खेल्न लागेका हुन् । सोमपाल कामीलाई मराठा अरबियन्सले, करण केसीलाई पुने डेभिल्स र कुशल मल्ललाई टिम आबुधाबीले अनुबन्धन गर्ने पक्का गरेका छन् । सोमपाल यसअघि पनि विदेशी फ्रेन्चाइज टिममा सहभागी बनिसकेका छन् ।

करण र कुशल पहिलो पटक विदेशी फ्रेन्चाइज लिगमा अनुबन्ध भएका हुन् । यसअघि नेपालबाट सन्दीप लामिछाने र पारस खड्काले टी–टेनमा सहभागिता जनाइसकेका छन् । सन्दीप बीबीएलमा व्यस्त हुने भएकाले उनी अनुबन्ध भएका छैनन् ।

पारस यसपटक टिम आबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरको रुपमा अनुबन्धित भइसकेका छन् । आउँदाे संस्करणको टी-टेन लिग आबुधाबीमा जनवरी २८ देखि फेब्रुअरी ६ सम्म हुँदैछ ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया