दिल्ली क्यापिटल्सको कप्तानी अक्षर पटेलले गर्ने
चैत १, २०८१ शुक्रबार
काठमाडाैं - आज बुधबार पनि धोविखोलामा बाढी आउन सक्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
काठमाडौंको उत्तरी शिवपुरी क्षेत्रमा क्युमुलोनिम्बस बादलसहित ठूलो वर्षा सुरु भइसकेको विभागले जानकारी दिएको छ ।
वर्षासँगै विष्णुमति र धोविखोलमा आकस्मिक बाढीको सम्भावना रहेको र बेलुकी ५ बजे पछि तटीय क्षेत्रमा सावधानी अपनाउन विभागले सुझाव दिएको छ ।
‘काठमाडौंको उत्तरी भूभागमा क्युमुलोनिम्बस बादल देखिएको छ । यसले क्षणिक ठूलो वर्षा गराउँछ’ जल तथा मौसम पूर्वानुमान महाशाखाको मौसमविद् राजु प्रधानाङ्गले भन्नुभयो, ‘वर्षाको सम्भावना भएकाले बाढी आउन सक्छ ।’
यस्तै, बुधबार बिहान उपत्यकाका बागमती, विष्णुमती, धोविखोला, रुद्रमतीलगायत नदीमा आएको बाढीले काठमाडौंको बानेश्वर, बुढानिलकण्ड, कालोपुल, अनामनगर, सुन्दरीजल आसपासको क्षेत्र डुबानमा परेको थियाे ।
राति १ बजेदेखि बाढी पसेपछि नदी किनाराका बासिन्दा प्रभावित भएका थिए । गएको २४ घण्टामा काठमाडौं उपत्यकामा ३७ मिलिमिटर वर्षा भएको छ ।
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) August 15, 2018
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।