‘अब काेराेनाले लिग राेकिँदैन’

 पुष १०, २०७७ शुक्रबार १५:४३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विश्वभर महामारीको रूप लिएको कोभिड–१९ को असर नेपाली फुटबलमा पनि देखियो । गएकाे चैत ४ गतेदेखि रोकिएको ‘बी’ डिभिजन लिग सुरु गर्न अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले चासो देखाइसकेको छ । सँगै 'सी' डिभिजन लिगको आयोजनाका लागि काम भइरहेको छ । एन्फाले आगामी दिनमा कोभिडका कारण फुटबल स्थगित नगर्नेसमेत बताएको छ । 

शहीद स्मारक 'सी' डिभिजन लिग आउँदाे चैत १ गतेदेखि सुरु हुने बताइसकेकाे छ । एन्फाले 'सी' डिभिजन लिगका पदाधिकारीसँग छलफल गर्दै स्थगित रहेको लिग चैतको सुरुवातमै सञ्चालन गर्ने सहमति बनाएको हो । कोरोनाका कारण गएकाे वर्षको अन्तिममा सुरु गर्ने तयारी गरिएको 'सी' डिभिजन लिग स्थगित बनेको थियो । तर अब कोरोनाका कारण प्रतियोगिता नरोकिने अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष कर्माछिरिङ शेर्पाले बताउनुभयो ।

विभिन्न ठाउँमा देखिएको असरपछि कोरोनाका कारण फुटबल पनि अछुतो रहेन । सङ्क्रमणको डरले फुटबल बन्द रह्यो । एन्फाले गएकाे वर्ष स्थगित बनेका घरेलु फुटबलका प्रतियोगिता सुरु गर्ने भएको छ । 

एन्फा 'सी' डिभिजन लिगका लागि क्लबको तयारी खर्च बढाउनसमेत सहमत बनेको छ । सहमतिपछि एन्फाले क्लबका पदाधिकारीलाई फिफा र एएफसीको स्वास्थ्य प्रोटोकलका विषयमासमेत जानकारी गराएको र त्यही मापदण्ड पूरा गरेर प्रतियोगिता सुरु गर्ने लिग निर्देशक सञ्जीव मिश्रले बताउनुभयो । 

विश्व महामारीको चपेटा परे पनि तोकिएका स्वास्थ्य प्रावधान अपनाउँदै चर्चित फुटबल प्रतियोगिता सुरु भइसकेका छन् । तर नेपाली फुटबल फर्किनलाई अझै राम्रो र सहज वातावरण मिलेको छैन । फुटबलको सर्वाेच्च निकाय फिफाले कोरोनाको डरभन्दा पनि कोरोनालाई परास्त गर्दै कदम चाल्नुपर्ने अवस्था आएको बताउँछ । फुटबल ठप्प हुँदा खेलाडीमा परेको नकारात्मक असरलाई समयमा केलाउनुपर्ने दायित्व पनि एन्फाको काँधमा थपिने देखिन्छ ।  

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया