साेलाे कन्सर्टमा रामवीर मानन्धरकाे विश्व कीर्तिमान

 पुस १०, २०७७ शुक्रबार २०:६:४० | सिल्भिया राजोपाध्याय
unn.prixa.net

काठमाण्डाै – सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एकल गायन (साेलाे कनसर्ट) मा विश्व कीर्तिमान बनाउनुभएको छ ।

शुक्रबार दिउँसो सवा एक बजेदेखि गाउन सुरु गर्नुभएका मन्त्री मानन्धरले लगातार ४ घण्टा पाँच मिनेट २० सेकेण्डसम्म गीत गाएर उहाँले विश्व कीर्तिमान बनाउनुभएको हो । यसअघि विश्वमा मन्त्री पदमा रहेर लगातार गीत गाएको कीर्तिमान बनेको थिएन । ​

बालाजुकाे अष्टनारायण चलचित्र हलमा एक विशेष कार्यक्रमबीच मन्त्री मानन्धरले विश्व कीर्तिमानका लागि गीत गाउनुभएको थियो । राज्यमन्त्री मानन्धरले वर्ल्ड बुक अफ रेकर्ड युकेमा बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्व रेकर्ड कायम भएको छ ।

कार्यक्रममा मन्त्री मानन्धरले केही राष्ट्रिय गीत, आधुनिक गीत र नेवारी गीत गाउनुभएको थियो । नारायण गोपाल, भक्तराज आचार्य, प्रेमध्वज प्रधान, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, तारा देवी, अरुणा लामालगायतले गाएको गीतको ट्र्याकमा गाउनुभएको थियो ।

कीर्तिमान बनाउने क्रममा मन्त्री मानन्धरले ५९ वटा गीत गाउनुभएको थियो । उहाँले ‘देशले रगत मागे मलाई बली चढाऊ’, ‘जहाँ छन् बुद्धका आँखा’, ‘ठूला ठूला महल होइन’ लगायतका गीत गाउनुभएकाे थियाे ।   

 विधामा आयोजना गरिएको कार्यक्रम विश्वको पहिलो भएकोले वर्ल्ड बुक अफ रेकर्डमा पहिलो पटक राज्यमन्त्री मानन्धरको नाम लेखिएको छ ।   

अन्तिम अपडेट: बैशाख ६, २०८१

सिल्भिया राजोपाध्याय

सिल्भिया राजोपाध्याय उज्यालोमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया