भारत र अष्ट्रेलियाबीचको चार टेस्ट क्रिकेटको श्रृङ्खला अन्तर्गत दोस्रो टेस्ट सुरु

 पुष ११, २०७७ शनिबार ९:५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारत र अष्ट्रेलियाबीचको चार टेस्ट क्रिकेटको श्रृङ्खला अन्तर्गत दोस्रो टेस्ट सुरु भएको छ ।

भारतसँगको दोस्रो टेष्टमा घरेलु टोली अष्ट्रेलियाले पहिले ब्याटिङ गरिरहेको छ । मेलबर्न क्रिकेट मैदानमा अष्ट्रेलियाका कप्तान टिम पेइनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् । चार खेलको टेष्ट श्रृङ्खला अन्तर्गत पहिलो खेलमा ८ विकेटले विजयी हुँदै अष्ट्रेलियाले १-० को अग्रता बनाएको छ ।

अष्ट्रेलियाले दोस्रो खेलमा टोलीमा कुनै परिवर्तन गरेको छैन । तर भारतले टोलीमा ४ परिवर्तन गरेको छ । विराट कोहली स्वदेश फर्केपछि भारतीय टिमलाई अजिंका राहानेले कप्तानी सम्हालेका छन् । ब्याट्सम्यान सुभमन गिल र तीव्र गतिका बलर मोहम्मद सिराजले टेष्ट खेलमा डेब्यू गरेका छन् ।

भारतले गिललाई ओपनर पृथ्वी शा को ठाउँमा र सिराजलाई बलर मोहम्मद शामीको ठाउँमा मौका दिएको हो । विकेटकिपर ऋद्धिमान शाहको ठाउँमा युवा ब्याट्सम्यान ऋषभ पन्तले मौका पाएका छन् । यसअघि घाइते भएका रवीन्द्र जडेजा पनि टिममा फर्किएका छन् ।

पहिलो खेलको दोस्रो इनिङमा अष्ट्रेलियासँग ३६ रनमा अल आउट हुँदै भारत आफ्नो टेष्ट इतिहासकै सबैभन्दा कम योगफलमा समेटिएको थियो । भारतले यसअघि एकदिवसीय र टी-ट्वान्टी श्रृङ्खला खेलिसकेको छ । अष्ट्रेलियाले २-१ एकदिवसीय श्रृङ्खला र भारतले टी ट्वान्टी जितेको थियो । चार टेष्ट खेलको श्रृङ्खला मा अष्ट्रेलिया १-० ले अघि रहेको छ ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया