खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - भारतसँगको दोस्रो टेष्टको पहिलो पारीमा अष्ट्रेलिया १ सय ९५ रनमा अलआउट भएको छ ।
मेलबर्नमा टस जितेर पहिले ब्याटिङ थालेको अष्ट्रेलिया पहिलो दिननै १ सय ९५ रनमा अलआउट भएको हो । अष्ट्रेलियाका लागि मार्नुस लबुसेनले सबैभन्दा धेरै ४८ रन बनाए । यस्तै ट्रेभिस हेडले ३८, म्याथु वाडेले ३० र नाथन लियोनले २० रन बनाए । स्टिभ स्मिथ र जोय बन्सले खाता पनि खोल्न सकेनन् ।
भारतका जसप्रित बुम्राहले ४, रविचन्द्रन आश्विनले ३, मोहम्मद सिराजले १ र रविन्द्र जडेजाले १ विकेट लिए । आजै आफ्नो पहिलो पारीको ब्याटिङ थालेको भारतले पहिलो दिनको खेल सकिँदासम्म १ विकेट गुमाएर ३६ रन बनाएको छ । टेष्टमा डेब्यु गरेका शुभमन गिल २८ रनमा नटआउट छन् ।
मयंक अग्रवाल खाता नै नखोलेर आउट भए । चार खेलको टेष्ट श्रृङ्खला अन्तर्गत पहिलो खेलमा ८ विकेटले विजयी हुँदै अष्ट्रेलियाले १–० को अग्रता बनाएको छ । अष्ट्रेलियाले दोस्रो खेलमा टोलीमा कुनै परिवर्तन गरेको छैन । तर भारतले टोलीमा ४ परिवर्तन गरेको छ । विराट कोहली स्वदेश फर्केपछि भारतीय टिमलाई अजिंका राहानेले कप्तानी सम्हालेका छन् ।
ब्याट्सम्यान सुभमन गिल र तीव्र गतिका बलर मोहम्मद सिराजले टेष्ट खेलमा डेब्यू गरेका छन् । विकेट किपर ऋद्धिमान शाहको ठाउँमा युवा ब्याट्सम्यान ऋषभ पन्तले मौका पाएका छन् । यसअघि घाइते भएका रवीन्द्र जडेजा पनि टिममा फर्किएका छन् ।
पहिलो खेलको दोस्रो इनिङमा अष्ट्रेलियासँग ३६ रनमा अलआउट हुँदै भारतले आफ्नो टेष्ट इतिहासकै सबैभन्दा कम रनको खराब रेकर्ड बनाएको थियो । भारतले यसअघि एक दिवसीय र टी–ट्वान्टी श्रृङ्खला खेलिसकेको छ । अष्ट्रेलियाले २–१ एक दिवसीय श्रृङ्खला र भारतले टी ट्वान्टी शृङ्खला जितेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।