इङ्ग्लिस प्रिमियर लिगमा लेस्टर र म्यानचेस्टरको बराबरी

 पुस १२, २०७७ आइतबार ५:५५:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिगमा लेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

लेस्टरले घरेलु मैदान किङ पावरमा बराबरी खेलेको हो । युनाटेडका मार्कुस रासफोर्ड र ब्रुनो फर्नान्डेसले गोल गरे । लेस्टरका हार्वे बार्नेसले एक गोल फर्काए भने एक गोल उपहार पाएको थियो । एक्सेल टुआनजेवेले आत्मघाती गोल गरेपछि खेलमा २–२ को बराबरी भएको हो ।

यो बराबरीसँगै युनाइटेडले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । लेस्टरले १५ खेलबाट २८ अंक जोडेको छ । युनाइटेडले १४ खेलमा २७ अंक जोडेको छ । प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुलको ३१ अंक छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया