प्रधानमन्त्री कप महिला क्रिकेट : मौसमका कारण लुम्बिनी र कर्णालीकाे खेल १३ ओभरमा झारियो

 पुस १२, २०७७ आइतबार ११:४६:१४ | हेमराज शर्मा
unn.prixa.net

दाङ - प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो दिन आइतबारको पहिलो खेल मौसमका कारण ढिला सुरु भएको छ । जसले गर्दा खेलको अवधि पनि छोट्टिएको छ ।

कुहिरो लागेपछि खेल ढिलो सुरु हुन पुग्यो । २० ओभरको खेललाई छोट्याएर १३ ओभरमा झारिएको नेपाल क्रिकेट सङ्घ(क्यान)ले जनाएको छ । बिहान ९ बजेबाट सुरु हुनुपर्ने खेल १०.५५ बाट सुरु भएको हो । 

आजको पहिलो खेल लुम्बिनी प्रदेश र कर्णाली प्रदेशकाबीच हुँदैछ । टस जितेर कर्णाली प्रदेशले ब्याटिङ रोजेको छ । शनिबार लुम्बिनी प्रदेशले प्रदेश नम्बर २ लाई हराएको थियो । यस्तै कर्णाली प्रदेश एपीएफसँग हिजो पराजित भएको थियो । आइतबार दोस्रो खेल एपीएफ र प्रदेश नम्बर २ का बीचमा हुनेछ ।

अन्तिम अपडेट: चैत १९, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया