अस्ट्रेलियासँगकाे दाेस्राे टेस्टमा भारत ८ विकेटले विजयी, शृङ्खलामा १–१ काे बराबरी

 पुस १४, २०७७ मंगलबार १०:३६:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अस्ट्रेलियासँगको दोस्रो टेस्टमा भारत विजयी भएको छ । अस्ट्रेलियाले दिएको ७० रनको लक्ष्य भारतले दुई विकेटको क्षतिमा भेट्टाएको हो । 

भारतका लागि मयङ्क अग्रवाल पाँच र चेतेश्वर पुजारा तीन रनमा आउट भए भने शुभमन गिल ३५ र अजिन्क्या रहाणे २७ रनमा नटआउट रहे । अस्ट्रेलियाका लागि मिचेल स्टार्क र प्याट कुमिन्सले एक–एक विकेट लिए ।

दोस्रो पारीमा अस्ट्रेलिया दुई सय रनमा अलआउट भएको हो । उसका लागि क्यामरन ग्रीनले ४५ र म्याथ्यु वेडले ४० रन बनाएका थिए । बलिङतर्फ भारतका लागि मोहम्मद सिराजले तीन विकेट लिँदा जसप्रित बुमराह, रविचन्द्रन अश्विन र रविन्द्र जडेजाले समान दुई–दुई विकेट तथा उमेश यादवले एक विकेट लिएका थिए । 

अस्ट्रेलियाले पहिरो पारीमा एक सय ९५ रन बनाएको थियो । उसका लागि मार्नुस लाबुशानेले ४८, ट्राभिस हेडले ३८ र म्याथ्यु वेडले ३० रन बनाएका थिए । बलिङतर्फ भारतका लागि जसप्रित बुमराहले चार, रविचन्द्रन अश्विनले तीन, मोहम्मद सिराजले दुई तथा रविन्द्र जडेजाले एक विकेट लिएका थिए ।  

भारतले भने पहिलो पारीमा तीन सय २६ रन बनाएको थियो । उसका लागि अजिन्क्या रहाणेले एक सय १२ रन बनाएका थिए । साथै रविन्द्र जडेजाले ५७ र शुभमन गिलले ४५ रनको योगदान गरेका थिए । बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्क र नाथन लियनले तीन–तीन विकेट लिए भने प्याट कुमिन्सले दुई र जोश हेजलवूडले एक विकेट लिए । 

भारतले दोस्रो टेस्ट जितेसँगै चार खेलको शृङ्खलामा एक–एकको बराबरी भएको छ । पहिलो टेस्टमा अस्ट्रेलिया आठ विकेटले विजयी भएको थियो ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया