प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट : वाग्मती प्रदेशस्तरीय छनोट खेल भोलिदेखि, सात टोलीबीच प्रतिस्पर्धा हुने

 पुस १५, २०७७ बुधबार ६:३८:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत वाग्मती प्रदेशस्तरीय छनोट प्रतियोगिता भोलिदेखि हुने भएको छ ।

प्रतियोगितामा वाग्मतीका सात टोलीबीच प्रतिस्पर्धा हुने प्रदेश क्रिकेट संघले जनाएको छ । प्रतियोगितामा वाग्मती प्रदेशका ६ जिल्ला तथा त्रिभुवन विश्व विद्यालयको टोली सहभागी हुनेछ । पुस २१ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन खेलमा काठमाण्डाै र भक्तपुरबीच प्रतिष्पर्धा हुनेछ ।

कीर्तिपुर त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा हुने खेलमा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा काठमाण्डाै, भक्तपुर, नुवाकोट र मकवानपुर तथा समूह ‘बी’ मा ललितपुर, चितवन र त्रिभुवन विश्वविद्यालय टोली रहेका छन् ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया