इङ्ग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा पुग्यो

 पुस १५, २०७७ बुधबार ८:६:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा पुगेको छ ।

वुल्भ्स ह्याम्टन वान्डरसनलाई १-० गोलले हराउँदै म्यानचेस्टर दोस्रो स्थानमा पुगेको हो । म्यानचेस्टरका लागि खेलको अतिरिक्त समयमा मार्कस रासफोर्डले एक गोल गरेका थिए । अहिलेसम्म १५ खेल खेलेर दोस्रो स्थानमा पुगेको म्यानचेस्टरको ३० अंक रहेको छ ।

यस्तै पहिलो स्थानमा रहेको लिभरपुलको ३२ अंक रहेको छ । लेस्टर सिटी २९ अंकसहित तेस्रो स्थानमा रहेको छ । यस्तै आर्सनलले बाइन्टियमलाई १–० गोलले हराएको छ । गएराति नै भएको खेलमा बर्नलीले सेफिल्ड युनाइटेडलाई १–० गोलले हराएको छ । यस्तै साउथ ह्याम्टन र वेष्ट ह्यामबीचको अर्को खेल गाेलरहित बराबरीमा सकिएको छ ।

लिड्स युनाइटेडले भने वेष्ट ब्राेमलाई ५-० गोलले हराएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया