प्रधानमन्त्री कप महिला क्रिकेट : प्रदेश १ ले सुदूरपश्चिमलाई ५ विकेटले हरायो

 पुस १५, २०७७ बुधबार १४:१२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री कप महिला क्रिकेटमा प्रदेश १ ले सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले हराएको छ ।

लगातार दोस्रो जितसँगै प्रदेश १ को सेमिफाइनल पुग्ने सम्भावना बलियो भएको छ । दाङको लमहीमा सुदूरपश्चिमले दिएको ५४ रनको लक्ष्य प्रदेश १ ले १५ ओभर १ बलमा ५ विकेट गुमाएर भेटायो । प्रदेश १ को लागि रुविना क्षेत्रीले सर्वाधिक १२ रन बनाइन् । सुदूरपश्चिमकी दीपा जोराले २ विकेट लिइन् ।

यसअघि खराब मौसमका कारण १६ ओभरमा छाेट्याइएको खेलमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिममले ८ विकेट गुमाएर ५३ रन बनाएको थियो । उसका लागि कविता जोशीले सर्वाधिक १४ रन बनाइन् । प्रतियोगितामा अहिले वाग्मती प्रदेश र गण्डकी प्रदेश खेलिरहेका छन् । समूह १ बाट एपीएफ र लुम्बिनी सेमिफाइलनमा पुगिसकेका छन् । समूह बी बाट अहिलेसम्म सबै टोलीले सेमिफाइलनको सम्भावना कायमै छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया