प्रधानमन्त्री कप महिला क्रिकेटमा आज दुई खेल हुँदै

 पुस १६, २०७७ बिहिबार ५:५०:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दाङको लमहीमा भइरहेको प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा आज समूह 'बी' का दुई वटा खेल हुँदैछन् ।

आजको पहिलो खेल बिहान साढे नौ बजे वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुने छ । यस्तै दोश्रो खेल दिउँसो सवा एक बजे गण्डकी प्रदेश र प्रदेश नम्बर १ का बीच हुने छ ।

प्रदेश नम्बर १ प्रधानमन्त्री कप महिला क्रिकेटको सेमिफाइनलमा पुगिसकेको छ । हिजोको खेलमा सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले हराएर प्रदेश १ अन्तिम चारमा पुगेको हो । 

सुदूरपश्चिमले दिएको ५४ रनको लक्ष्य प्रदेश १ ले १५ ओभर १ बलमा ५ विकेट गुमाएर भेट्टायो । यस्तै हिजोको दोस्रो खेलमा वाग्मती प्रदेशले गण्डकीलाई ६५ रनले हराएको छ । वाग्मतीले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको गण्डकीले ५ विकेट गुमाएर जम्मा ८८ रन बनाउन सक्यो । 

वाग्मतीले सेमिफाइनलको आशा कायमै राखेको छ । गण्डकी भने बाहिरिएको छ । समूह 'ए' बाट एपीएफ र लुम्बिनी सेमिफाइनलमा पुगिसकेका छन् । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया