प्रिमियर लिग : टोटनह्याम र फुलह्यामबीचको खेल सुरु हुनुभन्दा केही घण्टा अगाडि स्थगित

 पुस १६, २०७७ बिहिबार ६:७:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रिमियर लिगमा टोटनह्याम र फुलह्यामबीचको खेल सुरु हुनुभन्दा केही घण्टा अगाडि स्थगित भएको छ । फुलह्यामका खेलाडीमा कोरोना देखिएपछि खेल स्थगित भएको हो । 

खेलका लागि टोटनह्यामका खेलाडी मैदानमा पुगेर तयारीमा जुटिसकेका थिए । खेल स्थगित भएपछि टोटनह्यामका प्रशिक्षक जोजे माउरिन्होले पूर्ण विवरण मागेका छन । 

बेलायतमा कोरोनाको असरका कारण खेल स्थगित हुने क्रम बढेको छ । यसअघि म्यानचेस्टर सिटीको खेल स्थगित भएको थियो भने दोस्रो र तेस्रो डिभिजनका खेलहरु पनि स्थगित भएका थिए ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया