वाग्मतीलाई हराउँदै सुदूरपश्चिम सेमिफाइलनमा, कविता जोशीको ह्याट्रिक

 पुस १६, २०७७ बिहिबार १४:३७:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप महिला क्रिकेटको सेमिफाइलनमा पुगेको छ ।

दाङको लमहीमा भएको खेलमा वाग्मती प्रदेशलाई २८ रनले हराउँदै सुदूरपश्चिम प्रतियोगिताको अन्तिम ४ मा पुगेको हो । खराब मौसमका कारण ११ ओभरमा छोट्याइएको खेलमा सुदूरपश्चिमले वाग्मतीलाई ७७ रनको लक्ष्य दिएको थियो । तर वागमतीले ११ ओभरमा ९ विकेट गुमाएर जम्मा ४८ रन मात्रै बनायो ।

वाग्मतीकी सुमन खतिवडाले २७ रन बनाउनुबाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् । सुदूरपश्चिमको जितमा कविता जोशी सर्वाधिक सफल खेलाडी बनिन् । कविताले ह्याट्रिकसहित पाँच विकेट लिइन् । उनले आठौँ ओभरका दोस्रो, तेस्रो र चौथो बलमा विकेट लिइन् ।

अहिले प्रदेश १ र गण्डकीबीच खेल भइरहेको छ । गण्डकी यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ । समूह ए बाट एपीएफ र लुम्बिनी तथा समूह बी बाट प्रदेश १ र सुदूरपश्चिम सेमिफाइलनमा पुगिसकेका छन् । सेमिफाइलनका दुवै खेल पर्सि शनिबार हुनेछन् । फाइनल खेल १९ गते आइतबार हुनेछ ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया