खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – प्रधानमन्त्री कप महिला क्रिकेटमा गण्डकी प्रदेशले प्रदेश १ सँग १ सय ४० रनको फराकिलो हार बेहोरेको छ ।
दाङको लमहीमा प्रदेश १ ले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेश ८ ओभरमा ७ रन बनाउँदै अलआउट भयो । गण्डकी प्रदेशका नौ जना खेलाडी शून्यमा आउट भए । कुसुम गोदार र सोनिया थापाले २/२ रन बनाए । गण्डकीले ४ रन अतिरिक्त पाएको थियो ।
प्रदेश १ का लागि संगीता राईले ५ र सबनम राईले ४ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको प्रदेश १ ले २० ओभरमा १ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो । उसका लागि काजल श्रेष्ठले ५२, रोमा थापाले ५१, र रुविना क्षेत्रीले १५ रन बनाएका थिए । प्रदेश १ यसअघि नै सेमिफाइलनमा पुगिसकेको छ भने गण्डकी बाहिरिइसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।