प्रदेश २ मा नेकपा संसदीय दलका नेताविरुद्ध अविश्वास प्रस्ताव दर्ता

 पुस १७, २०७७ शुक्रबार १३:३९:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएसँगै प्रचण्ड–नेपाल समूहले प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डलविरुद्ध अविश्वासकाे प्रस्ताव दर्ता गरेकाे छ । 

शुक्रबार जनकपुरमा रहेकाे पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संसदीय दलका नेता मण्डललाई दलको नेताबाट हटाउने तयारी गरिएको प्रचण्ड–नेपाल समूहका सांसद शत्रुघन महतोले जानकारी दिनुभयो । 

प्रदेश २ मा नेकपाको ३२ जना सांसदमध्ये १७ जना सांसदले हस्ताक्षर गरी दलका उपनेता रामकुमार यादवसमक्ष मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेकाे सांसद महतोले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया