बिग बाश लिगमा सन्दिपको उत्कृष्ट सुरुवात, पहिलो खेलमै २ विकेट लिन सफल

 पुस १८, २०७७ शनिबार १६:७:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अष्ट्रेलियामा चलिरहेको बिग बाश क्रिकेट लिगको यो सिजनमा नेपालका बलर सन्दिप लामिछानेले आफ्नो पहिलो खेलमै २ विकेट लिएका छन् ।

होवर्ट ह्युरिकेन्सको तर्फबाट खेलेका सन्दिपले पहिलो खेलमा ४ ओभर बलिङ गर्दै ३८ रन दिएर २ विकेट लिएका हुन् । कोरोना भाइरस सङ्क्रमण र अष्ट्रेलिया पुगेपछि पनि १४ दिन क्वरेण्टीनमा बस्नुपरेका कारण सन्दिपले आफ्नो टीमको तर्फबाट छैठौँ खेलपछि मात्रै खेल्ने मौका पाएका हुन् ।

आज भएको खेलमा सन्दिप आवद्ध होवर्ट ह्युरिकेन्सले मेलवर्न स्टार्सलाई २१ रनले हरायो । होवर्टले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको मेलबर्नले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्रै बनाउन सक्यो । मेलबर्नका लागि ग्लेन म्याक्सवेलले ७० रन बनाएपनि टिमलाई जिताउन सकेनन् । आजको जीतसँगै होवर्ट ह्युरिकेन्स १८ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया