पीएम कप महिला क्रिकेट : उपाधिका लागि भाेलि एपीएफ र प्रदेश एक भिड्ने

 पुस १८, २०७७ शनिबार १९:५५:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –  प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीए टिम एपीएफ र प्रदेश एक भाेलि भिड्ने भएका छन् । आज भएको दोस्रो सेमिफाइनलमा रुवीना क्षेत्रीको कप्तानीमा रहेको प्रदेश एकले लुम्बिनी प्रदेशलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनायो ।

लमही क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी १४ ओभर एक बलमा मात्र ५२ रनमा अलआउट भयो । उसका एक खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा नितू भण्डारीले २१ रन बनाउँदा बाँकी खेलाडी एकोहोरो रुपमा आउट भए ।

खराब सुरुवात गरेको लुम्बिनीले मात्र दुई रन हुँदा पहिलो विकेट गुमायो । पाँच रनमा दोस्रो विकेट गुमाएको उसले १८ रन बनाउँदा तेस्रो विकेट खेर फाल्यो । त्यसपछि २१ रन हुँदा उसले महत्वपुर्ण पाँच विकेट गुमाएको थियो ।

एकपछि अर्को विकेट गुमाएको लुम्बिनी अन्तिममा ५२ रनमा अलआउट भयो । उसका चार खेलाडीले खाता खोल्न सकेनन् भने १० खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । लुम्बिनीको पारीलाई ध्वस्त पार्नका लागि निमा तामाङ र संगिता राईले दुई दुई विकेट लिए ।

जवाफमा प्रदेश एकले ८ ओभर पाँच बलमा विना विकेटको क्षतीमा लक्ष्य पूरा गर्यो । उसको जितमा कप्तान रुविना क्षेत्रीले अविजीत २६ रन बनाइन भने काजल श्रेष्ठले पनि अविजीत २२ रन बनाइन ।

यसअघि पहिलो सेमिफाइनलमा एपीएफले सुदूरपश्चिमलाई नौ विकेटले हराउँदै फाइनलमा स्थान बनाइसकेको छ । फाइनल खेल भोली ९आइतबार० हुनेछ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया