प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा आज प्रदेश-१ र एपीएफ खेल्ने

 पुस १८, २०७७ आइतबार ५:३५:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज शसस्त्र प्रहरीको विभागीय टिम एपीएफ र प्रदेश-१ खेल्दैछन् । खेल बिहान साढे ११ बजेदेखि सुरु हुने छ । 

हिजो भएको सेमिफाइनल खेलमा प्रदेश-१ ले लुम्बिनी प्रदेशलाई र एपीएफले सुदूरपश्चिमलाई हराउँदै फाइनलमा प्रवेश गरेका हुन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा नेपाल क्रिकेट संघ (क्यान)को प्रादेशिक संरचना लुम्बिनी प्रदेशको व्यवस्थापनमा भएको प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्ने छ । 

उप-विजेताले तीन लाख र सेमिफाइनलमा पराजित हुने दुई समूहले २५–२५ हजार रुपैयाँ पाउनेछन् ।  
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया