प्रिमियर लिग : चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष पाँचमा उक्लियो

 पुस २०, २०७७ सोमबार ६:३७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष पाँचमा उक्लिएको छ । 

गएराति भएको खेलमा म्यानचेस्टर सिटीले चेल्सीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर सिटीका लागि इल्के गुण्डोगान, फिल फोडेन र केभिन डी ब्रुएनले एक/एक गोल गरे। 

चेल्सीका लागि कलुम हड्सन ओडोइले एक गोल गरे  । सिटीले चेल्सीविरुद्ध तीनै गोल पहिलो हाफमा नै गर्यो । जितसँगै म्यानचेस्टर सिटी २९ अंकसहित तालिकाको पाँचौं स्थानमा उक्लिएको हो । चेल्सी २६ अंक जोडेर आठौं स्थानमा छ ।

यस्तै, गएराति भएकै अर्को खेलमा लेस्टर सिटीले न्युकासल युनाइटेडलाई २ –१ गोल अन्तरले हराएको छ । लेष्टर सिटीलाई  जिताउन जेम्स म्याडिसन र युरी टिलेमान्सले एक/एक गोल गरे । अंक तालिकामा लेस्टर सिटी ३२ अंकसहित तेस्रो  स्थानमा छ भने  न्युक्यासल १९ अंकसहित १५ औँ स्थानमा छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया