सरकारद्वारा निजी फर्म नवीकरणकाे अवधि थप

 पुष २०, २०७७ सोमबार ७:१३:२३ | रासस
unn.prixa.net

काठमाण्डौ - सरकारले निजी फर्म नवीकरणको अवधि थप गरेको छ । विभिन्न कारणले लामो समयसम्म नवीकरण नभएका निजी फर्म नवीकरणका लागि आउँदो असार मसान्तसम्मको समय दिएको हो । 

यही पुस १० गते बसेको मन्त्रिपरिषद्को बैठकले प्राइभेट फर्म रजिष्ट्रेशन नियमावली, २०३४ मा १३ औँ संशोधन गर्ने निर्णयसँगै नवीकरण गर्न छुटेका सबै निजी फर्मले २०७८ असार मसान्तसम्म नवीकरण गर्न पाउने भएका हुन् । 

त्यस फर्मले सीमित शुल्कमा आवश्यक कागजातसहित नवीकरणको निवेदन दिन सक्ने अवसर दिइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ । विभागका निर्देशक एवं सूचना अधिकारी शिवराज सेढाईँको साविकको नियमित नवीकरण गर्दा लाग्ने शुल्कमा २० लाख रुपैयाँ अधिकृत पूँजीभन्दा कम भएका फर्मका लागि वार्षिक दुई हजार रुपैयाँका दरले र २० रुपैयाँ लाखभन्दा बढी पूँजी भएका फर्मका लागि वार्षिक पाँच हजार रुपैयाँका दरले थप नवीकरण शुल्क तोकिएको बताउनुभयो । 

शुल्क तिरेर लामो समयदेखि नवीकरण रोकिएका निजी फर्मले नवीकरण गर्ने बाटो खुलेको हो । विभागमा दर्ता भएका करिब पाँच हजार निजी फर्ममध्येमा आधाभन्दा बढीले नवीकरण गरेका छैनन् । 

नेपाल सरकारले तोकेको निकायमा दर्ता नगरि व्यावसायिक प्रकृतिका प्राइभेट फर्म सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था रहेको छ । साथै दर्ता भए पश्चात तोकिएको समयावधिभित्र समय समयमा नवीकरण गर्नुपर्ने हुन्छ । अन्यथा तेस्ता फर्म कारोबार निरन्तरताका लागि वैधानिक मानिँदैन । उहाँकाअनुसार यसअघि गएको फागुनमा नवीकरण रोकिएका फर्मलाई असार मसान्तसम्मको समय दिइएको थियो । 

कोरोना सङ्क्रमणलाई ध्यानमा राख्दै गएको चैतदेखि गरिएको लकडाउनका कारण उपभोक्ताले लाभ लिन नसकेपछि पुनः नवीकरणको समय दिइएको हो । पहिलो पटक दर्ता भएका निजी फर्मलाई पाँच वर्षको अवधि दिइएको हुन्छ । छैठौँ वर्षको ३५ दिनसम्म सामान्य शुल्क र तीन तथा एक वर्षभित्र तोकिएको जरिवाना शुल्क भुक्तानी गरेर नवीकरण गर्न पाइने विभागले जनाएको छ । 

छ वर्षपछि प्रत्येक दुई/दुई वर्षमा नवीकरण गर्नुपर्ने हुन्छ । सामान्यतया व्यापारिक प्रकृतिका निजी फर्म वाणिज्य विभाग र उत्पादन प्रकृतिका फर्म उद्योग विभागमा दर्ता हुँदै आएका छन् । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया