इरानले सन् २०१५ काे परमाणु सम्झाैता उल्लङ्घन गर्‍याे

युरेनियमकाे प्रशाेधन २० प्रतिशतसम्म बढायाे

 पुस २०, २०७७ सोमबार १९:३:२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – इरानले फेरि युरेनियमको २० प्रतिशतसम्म प्रशोधन गर्न सुरु गरेको छ । यो विश्वका शक्तिशाली देशसँग सन् २०१५ मा भएको सम्झौताको उल्लङ्घन हो ।   

इरानी सरकारका प्रवक्ता अली रबीईले युरेनियम प्रशोधन प्रक्रिया भूमिगत फोर्डाे प्लान्टमा केही घण्टाअघि सुरु भएको मेहर न्युज एजेन्सीसँग भने ।

यस किसिमको युरेनियमको उपयोग रिएक्टर इन्धन बनाउनको लागि प्रयोग गर्न सकिन्छ तर यसको परमाणु बनाउनका लागि पनि प्रयोग हुन सक्छ । 

हतियारमा प्रयोग हुने युरेनियममा ९० प्रतिशत शुद्धता हुन्छ । 

यद्यपि ग्लोब न्युक्लियर एजेन्सीको तर्फबाट यसलाई लिएर कुनै पुष्टि भएको छैन । 

अमेरिकाले परमाणु सम्झौता त्यागेपछि र प्रतिबन्धहरु फेरि स्थापित गरेपछि इरानले धेरै प्रतिबद्धता स्थगित गरेको छ । 

सन् २०१५ मा भएकाे परमाणु सम्झाैताअनुसार इरानले मात्र चार प्रतिशत शुद्धतासम्म युरेनियमकाे प्रशाेधन गर्न सक्छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया