प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुल साउथह्याम्पटनसँग पराजित

 पुस २१, २०७७ मंगलबार ६:४५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुल साउथह्याम्पटनसँग पराजित भएको छ ।

घरेलु मैदानमा गएराति भएको खेलमा साउथह्याम्पटनले लिभरपुललाई १-० गोल अन्तरले पराजित गर्यो । साउथह्याम्टनको जितमा ड्यानि इन्ग्स्ले खेलको दुई मिनेटमा गरेको एक गोल नै निर्णायक बन्यो । जितसँगै साउथह्याम्टन अंक तालिकाको छैठौं स्थानमा उक्लिएको छ ।

उसको १७ खेलमा २९ अंक जोडेको छ । शीर्ष स्थानको लिभरपुलको ३३ अंक छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया