पारस खड्का कोरोनामुक्त, ‘२०२१ का लागि तयार छु’

 पुस २१, २०७७ मंगलबार १४:२६:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का कोरोनामुक्त भएका छन् ।

कोरोना सङ्क्रमित भएको २५ दिनपछि आफू निको भएको पारसले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिएका छन् । यसबीचमा धेरै पटक पीसीआर परीक्षण गरिएको उनले बताएका छन् । 

पारसले आफ्ना समर्थक, प्रशंसक, परिवार, साथी, डाक्टर र आफ्ना पत्नीलाई पनि धन्यवाद भनेका छन् । 

साथै उनले आफू सन् २०२१ का लागि तयार भएको बताएका छन् ।  

अन्तिम अपडेट: पुस २२, २०७७

तपाईको प्रतिक्रिया