इटालियन सिरी 'ए' मा साम्पडोरियासँग इन्टर मिलान पराजित

 पुस २३, २०७७ बिहिबार ११:५६:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - इटालियन सिरी 'ए' फुटबलमा इन्टर मिलान पराजित भएको छ ।

गएराति भएको खेलमा इन्टर मिलान साम्पडोरियासँग २–१ गोल अन्तरले पराजित भएको हो । साम्पडोरियाको मैदानमा खेलको १२ औं मिनेटमा एलेक्सिस सान्चेजले पेनाल्टीमा गोल गर्न नसक्दा इन्टर अग्रता बनाउन चुकेको थियो । 

सान्चेजको प्रहार साम्पडोरियाका गोलकिपरले उत्कृष्ट बचाउ गरे । तर, खेलको २३ औं मिनेटमा एन्टोनियो कान्द्रेभाले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । खेलको ३८ औं मिनेटमा किटा ब्लेडले गोल गर्दा घरेलु टोलीको अग्रता २९० को बन्यो । त्यसपछि खेलको ६५ औं मिनेटमा स्टेफानले एक गोल फर्काए पनि इन्टर २९१ ले पराजित भयो । 

साम्पडोरियासँग पराजित भएसँगै इन्टरले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । दोस्रो स्थानको इन्टरले १६ खेलमा ३६ अंक जोडेको छ । साम्पडोरिया २० अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया