अस्ट्रेलियाले पहिलो पारीमा बनायो ३३८ रन, स्मिथको शतक

 पुस २४, २०७७ शुक्रबार १४:१२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतसँगको तेस्रो टेस्टको पहिलो पारीमा अस्ट्रेलियाले तीन सय ३८ रन बनाएको छ । 

सिड्नी क्रिकेट मैदानमा भएको खेलमा अस्ट्रेलियाका लागि स्टिभ स्मिथले सानदार शतकीय पारी खेले । उनले दुई सय २६ बलमा १६ चौकाको मदतमा एक सय ३१ रन बनाए । साथै मार्नस लाबुशेनले ९१ रन र विल पुकोस्कीले ६२ रनको योगदान गरे । 

अस्ट्रेलियालाई तीन सय ३८ रनमा रोक्न स्पिनर रविन्द्र जडेजाले मात्र ६२ रन खर्चिँदै चार विकेट लिए । यस्तै जसप्रित बुमराह–नवदीप सैनीले दुई–दुइ विकेट लिँदा मोहम्मद सिराजले एक विकेट हात पारे ।

पहिलो पारीको ब्याटिङ सुरु गरेको भारतले दोस्रो दिनको खेल सकिँदा दुई विकेटको क्षतिमा ९६ रन बनाएको छ । उसका शुभमन गिल ५० र रोहित शर्मा २६ रनमा आउट भए । 

अस्ट्रेलियाका लागि जोश हेजलवूड र प्याट कमिन्सले एक–एक विकेट लिएका छन् ।  

यी दुई देशले चार खेलकाे टेस्ट शृङ्खला खेल्न लागेका हुन् । अहिलेसम्म यी दुईले एक–एककाे बराबरी गरेका छन् ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया