प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता माघ २ गतेदेखि

 पुस २४, २०७७ शुक्रबार २०:२९:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता माघ २ गतेदेखि सुरु हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रतियोगिता माघ २ गतेदेखि गर्ने जनाएको हो । 

माघ १७ गतेसम्म चल्ने प्रतियोगिताका खेल त्रिवि मैदान कीर्तिपुर र मुलपानीमा हुने छ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमले प्रतिस्पर्धा गर्ने छन् । 

प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । उद्घाटन खेलमा आर्मी र गण्डकी प्रदेशबीच त्रिवि मैदानमा प्रतिस्पर्धा हुने छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया