एफ ए कप : स्टोक सिटी लेस्टरसँग चार शून्यले पराजित

 पुस २६, २०७७ आइतबार ६:४७:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस फुटबल प्रतियोगिता एफ ए कपमा स्टोक सिटी लेस्टर सिटीसँग चार शून्य गाेलले पराजित भएको छ ।  जितसँगै लेस्टर खेलको चौथो चरणमा प्रवेश गरेको छ ।

स्टोकको घरेलु मैदानमा भएको खेलमा सुरुवाती आधा घण्टा गोलरहित बराबरी खेलेको लेस्टरले ३४ औं मिनेटमा अग्रता बनाएकाे थियाे । लेस्टरका लागि जस्टिनले पहिलाे गोल गर्न सफल भए ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको लेस्टरका लागि ५९ औं मिनेटमा ल्ब्राइटोनले दोस्रो गोल गरे । त्यसपछि ७९ औं मिनेटमा योजी पेरेजले गोल गर्दै टिमलाई तीन शून्यले अगाडि राखे । बारनेसले ८१ औं मिनेटमा गोल गरेपछि लेस्टरले चार शून्यको सहज जित निकाल्यो । यो खेलमा लेस्टरका मुख्य खेलाडी भार्डीले खेलेका थिएनन् ।

यस्तै अर्को खेलमा सेफिल्डले ब्रिस्टोल रोभर्सलाई तीन दुईले हरायो भने स्वान्से सिटीले स्टेभेनागलाई दुई शून्य गाेलले पराजित गर्यो ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया