युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा

 पुस २९, २०७७ बुधबार ७:२७:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बर्नलीलाई १–० गोल अन्तरले हराउँदै म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

गएराति बर्नलीको मैदानमा भएको खेलमा युनाइटेडका पाउल पोग्बाले ७१ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । जीतसँगै युनाइटेड शीर्ष स्थानमा उक्लिएको हो । युनाइटेडले १७ खेलमा ३६ अंक जोडेको छ । बर्नली १६ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।

लिग अन्तर्गत गएराति भएका अरु खेलमा एभर्टनले वुल्भ्सलाई २–१ तथा शेफिल्ड युनाइटेडले न्यूक्यासललाई १–० ले पराजित गरेका छन् ।

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया