प्रधानमन्त्री कपमा विनोद भण्डारीको शतक

 माघ २, २०७७ शुक्रबार १३:१६:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - त्रिभुवन आर्मीका विनोद भण्डारीले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट खेलमा शतक बनाएका छन् । 

त्रिवि क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा आर्मीका कप्तान भण्डारीले गण्डकी प्रदेशविरुद्ध शतक प्रहार गरेका हुन् । ७६ बलको सामना गरेका भण्डारीले ९ चौका र ५ छक्का प्रहार गरे । 

उनले ७६ बलमा १११ रन जोडेका हुन् । आर्मीका खेलाडीमा भण्डारी शतक बनाउने दोस्रो खेलाडी हुन् । यसअघि सन् २०१८ मा आर्मीका सागर पुनले शतक बनाएका थिए । 

पहिले ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई दुई सय ८८ रनको लक्ष्य दिएको छ । आर्मीले ५० ओभरको खेलमा ६ विकेट गुमाएर दुई सय ८७ रन बनाएको हो ।

तस्बिर : क्यान   

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया