प्रधानमन्त्री कप क्रिकेटमा आज एपीएफ र प्रदेश १ खेल्दै

 माघ ३, २०७७ शनिबार ६:३९:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सशस्त्र प्रहरीको विभागीय क्लब एपीएफ र प्रदेश नम्बर एक बीचको खेल हुने छ ।

खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । एपीएफ शरद भेषावकरको र प्रदेश एक सिद्धान्त लोहनीको कप्तानीमा खेल्दैछन् । राष्ट्रिय खेलकुद परिषद्को आर्थिक सहयोग तथा नेपाल क्रिकेट संघ (क्यान)को व्यवस्थापनमा हिजोबाट प्रतियोगिता सुरु भएको हो ।

हिजो भएको पहिलो खेलमा नेपाली सेनाको विभागीय क्लब त्रिभुवन आर्मीले गण्डकी प्रदेशलाई ९८ रनले हराएको छ ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया