सप्तरी र गुल्मीमा डुबेर दुईजनाको ज्यान गयो
बैशाख ८, २०८१ शनिबार
काठमाण्डाै - प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा एपीएफले प्रदेश नम्बर एकलाई २ सय ४४ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफ ४८ ओभर चार बलमा दुई सय ४३ रनमा अलआउट भयो । एपीएफका ओपनर आशिफ शेख ५९ रन बनाएर आउट भए । बसन्त रेग्मीले ४०, सन्दीप जोरा ३०, कप्तान शरद भेषवाकरले २०, सुवास खकुरेल र किशोर महतोले समान १९/१९ रन जोडे ।
त्यस्तै सुमित महर्जन १४ रनमा आउट भए । प्रदेश एकका फिर्दोश अन्सारी, दिपेश कँडेल, हेमन्त राई र श्रवण यादवले दुई/दुई विकेट लिए । साेनु मण्डल र जाेशव खड्काले एक/एक विकेट लिए ।