प्रधानमन्त्री कप क्रिकेट : एपीएफले प्रदेश १ लाई हरायो, अविनाशले लिए ५ विकेट

 माघ ३, २०७७ शनिबार १६:४२:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा एपीएफले प्रदेश १ लाई १ सय ३५ रनले हराएको छ ।

एपीएफले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको प्रदेश एक ४२ ओभर ४ बलमा एक सय ८ रनमा अलआउट भयो । प्रदेश १ का लागि मनिष थापाले सर्वाधिक १८ रन बनाए । एपीएफका अविनाश बोहराले ५, बसन्त रेग्मीले २ र शरद भेषवाकर तथा किशोर महतोले १/१ विकेट लिए ।

यसअघि कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफ ४८ ओभर चार बलमा दुई सय ४३ रनमा अलआउट भयो । एपीएफका ओपनर आशिफ शेख ५९ रन बनाएर आउट भए । बसन्त रेग्मीले ४०, सन्दिप जोरा ३०, कप्तान शरद भेषवाकरले २०, सुवास खकुरेल र किशोर महतोले समान १९/१९ रन जोडे । त्यस्तै सुमित महर्जन १४ रनमा आउट भए ।

प्रदेश एकका फिर्दोश अन्सारी, दिपेश कँडेल, हेमन्त राई र श्रवण यादवले दुई/दुई विकेट लिए ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया